काठमाडौं – नेपाली कांग्रेसमा क्रियाशील सदस्यता वितरण अपारदर्शी भएको भन्दै बारा जिल्लाका नेपाली कांग्रेस नेता–कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गर्दै धर्ना दिएका छन् ।
विभिन्न ६ बुँदे माग राखेर आज आईतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा सुरु गरिएको छ ।
पार्टीमा छलफल नै नगरी प्रविष्ट गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने, विधान अनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिस विना गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने लगायतका माग नेता कार्यकर्ताले राखेका छन् ।
धर्नामा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सहभागी रहेका नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए । उनले बारामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाएका छन् ।
धर्नामा पूर्व सांसदहरू रामअयोध्या यादव, लालबाबु सिंह लगायत २ दर्जन नेता कार्यकर्ता सहभागी रहेका छन् ।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंगो लगाउने काम गरिरहेको छ । तर तल्ला कमिटीबाट सिफारिस नै नभएका नाम परेपछि विवाद उत्पन्न भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।