सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
आजको विशेष

ओलीराजमा सरकारी गाडी लिएर यौनजन्य हर्कत गर्ने बढे, बीच जंगलमा यस्तो हालत

ओलीराजमा सरकारी गाडी लिएर यौनजन्य हर्कत गर्ने बढे, बीच जंगलमा यस्तो हालत

  • मिडिया डबली
  • शनिवार, आषाढ २६ २०७८

  • 11.0K
    SHARES

  • ओलीराजमा सरकारी गाडी लिएर यौनजन्य हर्कत गर्ने बढे, बीच जंगलमा यस्तो हालत

    काठमाडौं - केही समय अगाडि निषेधाज्ञा उल्लंघन गर्दै गृह मन्त्रालयका एक कर्मचारी सरकारी गाडी लिएर प्रेमिकासहित स्वयम्भू पुगे । सेतो नम्बर प्लेटको गाडी सडकमा राखेर उनीहरू जंगलको एक कुनामा प्रेमिल अवस्थामा फेला परे ।

    एक पत्रकारले त्यसको भिडियो र तस्बिर सामाजिक सञ्जालमा राखेपछि सिंहदरबारमा हंगामा भयो । अनुसन्धानपछि सरकारी गाडी लिएर जाने गृह मन्त्रालयअन्तर्गतका कर्मचारी रहेछन् ।

    सोधपुछका क्रममा उनले आफू सरकारी कामले गएको बताएका थिए । अहिले उनलाई कारबाही गरिएको छ । अहिले फेरि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए । प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।

    गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ । पक्राउ पर्नेहरुमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन् ।

    महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोली गस्ती गर्न जाने क्रममा मध्यराति सडक किनारामा रोकी राखेको सरकारी गाडी भित्र महिला र चालक खत्री नग्न अवस्थामा थिए। प्रहरीलाई देख्नेबित्तिकै चालक खत्री जंगलमा भागेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    महिला र गाडी चालकलाई राति नै नियन्त्रणमा लिएको र फरार कार्की बिहीबार पक्राउ परेका हुन् । उनीहरुविरुद्ध सार्वजनिक स्थानमा सरकारी गाडी भित्र यौनजन्य क्रियाकलाप गर्ने महिला, चालक खत्री र कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल (१) नम्बरको कसुरमा सजाय हुने वृत्तका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विष्णुहरि फूँयालले बताए । सरकारी गाडी दुरुपयोगका घटनाले ओली सरकारमा विकृति कतिसम्म बढेको छ भन्ने पुष्टि हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend