काठमाडौं – नेकपा माओवादी केन्द्र पार्टी दर्ता खारेजीको माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेजीपछि पूर्व माओवादीमा रहेका नेताहरूले अधिवक्ता सरोज बुढाथोकीमार्फत् आयोगमा उजुरी दिएका छन् ।
२०६९ सालमा महाधिवशेन भएपश्चात् पार्टीको महाधिवेशन नभएकाले माओवादीले वैधानिकता गुमाएको प्रमाण निवेदकमा समावेश छ ।
संविधानमा हरेक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था गरिएपनि माओवादीले समयमै महाधिवेशन गर्न नसकेपछि थप गर्न पाइने समय पनि सकिएकाले माओवादीले वैधानिकता समाप्त भएको दाबी उजुरीमा गरिएको छ ।
उजुरीमा उल्लेख छ, ‘विघटित प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रथमपटक २०६४ सालमा दलको रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नामबाट दर्ता भएको थियो । २०६४ सालमा यसले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भनी नाम परिवर्तन गर्यो । २०६९ माघ २० देखि २९ सम्म महाधिवेशन सम्पन्न गर्यो । १०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्यो । निर्वाचन आयोगमा पेश गरेको २०६९ को विधानको धारा १४ मा ५ वर्षमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ । तत्पश्चात् पार्टीमा विभिन्न क्रियाकलापले पार्टीको वैधानिकता गुमाउँदै गएको छ ।’
पार्टी महाधिवेशन नगराई आजीवन अध्यक्ष रहने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रपञ्च रहेको भन्दै संविधान अनुसार माओवादी दल खारेज गर्न उजुरीमा माग गरिएको छ ।
उजुरीमा उल्लेख छ, ‘संविधानअनुसार महाधिवेशन नगराई आजीवन अध्यक्ष रहिरहने र विभिन्न प्रपञ्च रची संविधान र सम्बन्धित कानून बर्खिलाप गर्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष अवैधानिक भइसकेका छन् र नेपालको संविधानको भाग–२९ को २०६९ को (४) (ख)को व्यवस्थाअनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पनि अवैधानिक भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को १३ (१) अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दल दर्ता कायम नरहने स्थिति रहन्छ । यी तथ्यहरू हेर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वैधानिकता गुमाइसकेको हुनाले सो दल नेपालको संविधान एवं राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम खारेज गरिदिनुहुन अनुरोध गर्दछु ।’
निवदेनमा माओवादीले वैधानिकता गुमाएको प्रमाणित गर्ने गरी ११ आधार–प्रमाण समेत प्रस्तुत गरिएको छ । जसमा २०७१ सालको विधान परिमार्जन गरी १५१ सदस्यीय केन्द्रीय कमिटी नै अवैधानिक बाटोबाट बनाएको प्रमाण पेश गरिएको छ ।
२०७३ सालमा माओवादीमा एकीकरणमा पनि प्रश्न उठाइएको छ । त्यतिबेला एकीकरण भएका १० घटकमध्ये ७ दल निर्वाचन आयोगमा दर्ता नै नभएको र एकीकरण गरिएको भन्दै नाटक मञ्चन गरिएको आरोप समेत उजुरीमा लगाइएको छ ।
निवेदनमा २०७३ साउन १३ गते नेकपा माओवादीबाट नेकपा माओवादी केन्द्र हुँदा झूटा विवरण बुझाइएको दाबी समेत गरिएको छ ।
यस्ता छन् प्रमाणहरू –





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।