काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजलगायत १५ कम्पनीलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालोसूचीमा राखेको छ ।
सम्झौता अवधिमा रासायनिक मल खरिद नगरेको भन्दै अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनीलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा चार कम्पनीलाई दुई वर्ष र ११ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले तोकिएको समयमा रासायनिक मल खरिद नगरेपछि कृषि सामग्री कम्पनीले धरौटी रकम जफत गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचिमा राख्न सिफारिस गरेको थियो ।
कृषि कम्पनीको सिफारिसमा उक्त कम्पनीलाई यसअघि नै एक वर्षका लागि कालोसूचीमा राखिएको थियो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।
प्रचण्डका घरबेटी अधिकारीले ठेक्का लिएका धेरै सडक आयोजना समयमै निर्माण सम्पन्न भएका छैनन् । अधिकारीले पहुँचका आधारमा ठेक्का हात पार्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।