सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय, यी २ जनालाई फाइदा !

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय, यी २ जनालाई फाइदा !

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 9.2K
    SHARES

  • बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय, यी २ जनालाई फाइदा !

    काठमाडौं - कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    प्रशासनतर्फ १ नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिकतर्फ पनि १ नम्बरमा सिफारिस भएका सुशीलचन्द्र तिवारी बढुवा भएका स्रोतले जनाएको छ ।

    बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव रहेका थिए ।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आईतवार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ १ सचिवमा बढुवाका लागि १ नम्बरमा बुर्लाकोटी, २ नम्बरमा कृष्णहरी पुष्कर र ३ नम्बरमा खगेन्द्रप्रसाद नेपालको नाम सिफारिस गरेको थियो ।

    प्राविधिकतर्फ बढुवा समितिले १ नम्बरमा तिवारी, २ नम्बरमा गोपाल सिग्देल र ३ नम्बरमा राजेन्द्रप्रसाद खनाललाई सिफारिस गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend