काठमाडौं - पार्टीले दिएको समय घर्किनै लाग्दा एमाले नेताहरू माधवकुमार नेपाललाई फकाउन कुदाकुद गरेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदै छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको थियो ।
तर, माधवकुमार नेपाल पक्षले हस्ताक्षर फिर्ता लिनु मृत्युपत्रमा हस्ताक्षर गरेसरह हुने भन्दै फिर्ता नलिने जवाफ फर्काएको छ । आइतबार बिहान अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेललगायतका नेताहरु नेपाल निवास कोटेश्वर पुगेका छन् ।
पार्टी विवाद मिलाउने प्रयासस्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल कोटेश्वर पुगेका हुन् । उनीहरूबीच अहिले छलफल भइरहेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।