सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकियो, यी हुन् महत्त्वपूर्ण निर्णयहरू 

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकियो, यी हुन् महत्त्वपूर्ण निर्णयहरू 

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 5.4K
    SHARES

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकियो, यी हुन् महत्त्वपूर्ण निर्णयहरू 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहीवार साँझ प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    ‘प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि सहसचिव डा. दामोदर रेग्मीको मात्र नाम बढुवा समितिबाट सिफारिस भएकाले उनी बढुवा भए । प्रशासनतर्फ ३ जना सिफारिस भएकोमा वरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका छन् ।’

    पाण्डेसँगै बढुवा समितिले सहसचिव मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम समेत सिफारिस गरेको थियो । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस गरिएको थियो ।

    सरकारले सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा बढुवा भएका छन् । सचिव बढुवाका लागि आचार्यसँगै निरु दाहाल पाण्डे र दीपक खरालको नाम समेत सिफारिस भएको थियो । वरिष्ठताका आधारमा आचार्यलाई सचिवमा बढुवा गरिएको छ ।
    ।

    आचार्य र पाण्डेको नाम यसअघिको सचिव बढुवामा समेत सिफारिस भएको थियो भने खरालको नाम पहिलो पटक बढुवा समितिले सिफारिस गरेको छ ।

    इन्जिनियरिङ सेवातर्फ सचिवमा सहसचिव प्रमिला बज्राचार्यलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । बढुवा समितिले बज्राचार्यसँगै सहसचिव सुशीलचन्द तिवारी र गोविन्द सिग्देलको नाम समेत सिफारिस गरेको छ ।

    लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस लोक सेवा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै अगाडि बढेको छ । अहिले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त रहेको छ ।

    गण्डकी र कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छन् । उनीहरू बढुवा भएसँगै रिक्त भएका ठाउँ परिपूर्ति हुने जनाइएको छ ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि मंगलबार र बुधबार नाम सिफारिस गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend