काठमाडौं – नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले पटक–पटक प्रतिनिधिसभा विघटन गरेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम गिनिज बूकमा लेख्ने अवसर आएको व्यंग्य गरेका छन् ।
बिहीवारको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै शर्माले दुनियाँमा कहीँ पनि एउटा प्रधानमन्त्रीले २/२ पटक संसद विघटन गरेको इतिहास थाहा पाउन नसकेको बताएका छन् ।
‘अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बूकमा नाम लेखिनेछ र नेपालको गौरव सबैभन्दा माथि हुनेछ । यस्तो किसिमको स्थिति नआओस् । हामीलाई संसद विघटन गरेर गिनिज बूकमा नाम लेखाएर देशको नाम लेख्नुपर्ने आवश्यकता छैन,’ शर्माले भने ।
नेता शर्माले सरकारले ल्याइरहेको अध्यादेशको विरोध गरेका छन् । ओलीले संसदको सर्वोच्चलाई आत्मसात गर्नुपर्ने उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।