सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

केपी ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, यी निर्णयहरू हुँदै

केपी ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, यी निर्णयहरू हुँदै

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 5.4K
    SHARES

  • केपी ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, यी निर्णयहरू हुँदै

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    साँझ ६ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले विभिन्न मन्त्रालयमा रिक्त रहेका ४ सचिवको नियुक्ति गर्ने भएको छ ।

    सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोक सेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरिसकेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरु गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ, जसमध्ये १ जना सचिव बन्ने भएका छन् ।

    कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिसमा परेका छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशील चन्द तिवारी र गोपालप्रसाद सिग्देललाई सिफारिस गरिएको छ, यी समूहबाट समेत १–१ जना सचिव बन्ने भएका छन् ।

    प्रशासन सेवाबाट १ जना मात्र सहसचिव डा. दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिव बन्ने पक्काजस्तै भएको छ । मन्त्रिपरिषद्को बिहीवार बस्ने नियमित बैठकले मन्त्रालयगत सिफारिसका आधारमा अन्य निर्णयहरू समेत गर्ने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend