काठमाडौं - प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुको रहस्य खोलेका छन् । तत्कालीन नेकपाको संसदीय दलमा आफूले बहुमत गुमाएकाले प्रतिनिधिसभा विघटनमा जानुपरेको उनले तथ्य खोलेका हुन् ।
बुधबार बालुवाटारमा बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले लामो भूमिका बाँध्दै तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष मिल्दा आफूले संसदीय दलमा बहुमत गुमाएकाले पद छाड्नुभन्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएको नेताहरू बताउँछन् ।
एकजना एमाले नेताका अनुसार ओलीले माओवादी केन्द्रसँगको एकतादेखि वर्तमान अन्तरविरोधसम्मको लामो व्याख्या गर्दै संसदीय दलमा पकड गुमेपछि संसद विघटन आफ्नो बाध्यता भएको स्वीकार गरेका थिए ।
आफूसँग बहुमत नभएपछि प्रचण्ड–माधव पक्षलाई रोक्न संसद् विघटन गरेको र त्यसमा आफू सफल भएको उनले सुनाएका थिए । तत्कालीन नेकपामा अन्तरविरोध चर्किंदै जाँदा सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा ओली अल्पमतमा परेका थिए ।
ओलीले त्यतिबेला प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्नुपरे कुर्सी भाँचिदिने धम्की दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।