सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

संसद अधिवेशन आजदेखि सुरू हुँदै, अध्यादेशको चाङ ! (कार्यसूचीसहित)

संसद अधिवेशन आजदेखि सुरू हुँदै, अध्यादेशको चाङ ! (कार्यसूचीसहित)

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 4.2K
    SHARES

  • संसद अधिवेशन आजदेखि सुरू हुँदै, अध्यादेशको चाङ ! (कार्यसूचीसहित)

    काठमाडौं – लामो समयदेखि बस्न नसकेको राष्ट्रियसभा संसदको आठौं अधिवेशन आज बिहीवारबाट सुरु हुँदैछ ।

    बिहीवारको बैठकको सुरूमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

    बिहीबार दिउँसो ४ बजे बस्ने बैठकमा अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम समेत रहेको छ ।

    बिहीवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरू विष्णुप्रसाद पौडेल, लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठबाट १२ वटा अध्यादेश पेश हुने कार्यसूची समेत रहेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशदेखि शपथसम्बन्धी अध्यादेश कार्यसूचीमा रहेका छन् ।

    बिहीबारकै बैठकमा विभिन्न व्यक्तिहरूको निधनमा शोक प्रस्ताको कार्यसूची समेत छ ।

    ks.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend