सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
आजको विशेष

ओली सरकारले नियुक्त गरेका भिसी रक्सी पिएर वार्तामा आएपछि स्थिति तनावग्रस्त

ओली सरकारले नियुक्त गरेका भिसी रक्सी पिएर वार्तामा आएपछि स्थिति तनावग्रस्त

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 24.2K
    SHARES

  • ओली सरकारले नियुक्त गरेका भिसी रक्सी पिएर वार्तामा आएपछि स्थिति तनावग्रस्त

    काठमाडौं - उपकुलपति पद आफैंमा सम्मानित पद हो । व्यक्तिको योग्यता र दक्षतालाई मूल्यांकन गर्दै सरकारले उसलाई नियुक्ति गर्ने गर्छ । तर, केपी ओली सरकारले नियुक्त गरेका एक उपकुलपतिले रक्सी पिएर ताण्डव मच्चाएका छन् ।

    सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा. ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

    मंगलबार राति संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका गिरी आफैं भने मादक पदार्थ पिएर असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्तास्थल छाडेर बाहिरिएको थियो ।

    मध्यरातिसम्म पनि उनको अवस्था असामान्य अवस्थामै रहेपछि बुधबार थप आन्दोलनका कार्यक्रम गर्ने गरी चिकित्सक र कर्मचारी हिँडेका थिए ।

    धरान उपमहानगरपालिकाका मेयर तिकल राईले समेत मंगलबार राति दुई घन्टासम्म वार्ता गर्दा पनि उनी मापसे परीक्षण गर्न सहमत नभएपछि स्थिति तनाव बनेको हो ।

    प्रतिष्ठानमा अर्बौ भ्रष्टाचार भएको, भएका उपकरण जडान नगरिएको, प्रतिष्ठानलाई तहसनहस बनाउन लागेको भन्दै त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी दुई सातादेखि आन्दोलित बनेका छन् ।

    उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने र उपकुलपति सहित चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend