सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओली सरकारका यी मन्त्रीलाई संकट, गम्भीर आरोपमा आयोगमा हाजिर !

ओली सरकारका यी मन्त्रीलाई संकट, गम्भीर आरोपमा आयोगमा हाजिर !

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 6.0K
    SHARES

  • ओली सरकारका यी मन्त्रीलाई संकट, गम्भीर आरोपमा आयोगमा हाजिर !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ जातीय विभेद सम्बन्धी मुद्दाको गम्भीर आरोपमा राष्ट्रिय मानव अधिकार आयोगमा हाजिर भएका छन् ।

    सञ्चारकर्मी रुपा सुनार प्रकरणमा आयोगले बोलाएपछि मन्त्री श्रेष्ठ बुधवार बिहान आयोगमा पुगेका छन् ।

    पत्रकार रुपा सुनारलाई जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा मन्त्रीले गाडीमा राखेर घरसम्म पुर्‍याएपछि चर्काे आलोचना भइरहेको छ ।

    मन्त्री श्रेष्ठले झण्डावाल गाडीसहित प्रहरी कार्यालय पुगेर आरोपी प्रधानलाई आफ्नै गाडीमा राखेर उनको घरसम्म पुर्‍याएका थिए ।

    चर्काे आलोचनाबीच मन्त्री श्रेष्ठ आयोगको कठघरामा उभिनुपरेको छ । जातीय छुवाछुत र भेदभावलाई प्रश्रय हुने गरी मन्त्रीले काम गरेको भन्दै चर्काे आलोचना हुँदैछ । प्रधानमन्त्री ओलीले समेत श्रेष्ठको कार्यप्रति असन्तुष्टि जनाएको अर्का मन्त्री लिलानाथ श्रेष्ठले बताइसकेका छन् ।

    आयोगकी सदस्य लिली थापाले मन्त्री श्रेष्ठ आयोगमा पुगेका र केहीबेरमा विज्ञप्तिमार्फत विस्तृत जानकारी दिइने बताइन् ।

    आयोगकी पूर्व सदस्य मोहना अन्सारीले अपराध गरेर माफी माग्ने र दिने अधिकार पीडित र अदालतबाहेक कसैलाई नभएको तर्क गरेकी छन् । आयोग पीडितको संरक्षक हुनुपर्नेमा पीडकको संरक्षक भएको अन्सारीको आरोप रहेको छ । 

    ‘राष्ट्रिय मानव अधिकार आयोग कसको ? सरकार जसले संविधान, विधि, प्रक्रियाको धज्जी उडाउँदै गरेको नियुक्ति, त्यसैलाई न सलाम ठोक्छ,’ अन्सारीले ट्विटरमा भनेकी छन् ।

    रुपा सुनारलले जातीय भेदभाव गर्दै घरभाडामा नदिएको आरोप लगाउँदै प्रधानविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि पक्राउ परेकी प्रधान रिहा भइसकेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend