काठमाडौं - पूर्वमन्त्री युवराज कार्की एमालेमा केपी ओली निकट नेता मानिन्छन् । माले हुँदै एमालेमा राजनीति गरेका कार्कीले सुरुदेखि नै ओलीलाई साथ दिँदै आएका छन् । यिनले अहिलेसम्म एकपटक मात्र मन्त्री बन्न पाए । त्यसपछि अरु सरकारी नियुक्ति उनले पाउन सकेका छैनन् ।
एमालेमा पटक पटक अवसर पाउने नेताको कमी छैन । एउटै व्यक्ति पाँच–सातपटकसम्म मन्त्री बनेका छन् । त्यसपछि पनि विभिन्न ठाउँमा नियुक्ति खाइरहेका छन् । तर, कम शैक्षिक योग्यताकै कारण कार्कीले भने त्यो अवसरबाट वञ्चित भएका छन् ।
कार्की दुईपटक राजदूत पदमा नियुक्ति भए । तर, दुवैपटक उनको नियुक्ति हुन सकेन । चार वर्षअघि पनि सरकारले कार्कीलाई फ्रान्सको राजदूत नियुक्ति गरेको थियो । तर, त्यो नियुक्ति पनि कार्यान्वयनमा आउन सकेन । करिब ६ महिनासम्म नियुक्ति नहुँदा पछि बदर भएको थियो ।
गत वैशाखको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गरेको थियो। तर, सर्वोच्च अदालतले उनको नियुक्ति कार्यान्वयन नगर्न भनी अन्तरिम आदेश सुनायो ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ। तर नियुक्तिअघि सरकारले उक्त कार्यविधिमा संशोधन गरेर मन्त्री बनिसकेको हकमा भने यो प्रावधान लागू नहुने निर्णय गरेको थियो।
सर्वोच्चले यसअघि नै त्यो निर्णय कार्यान्वयन नगर्न आदेश दिइसकेको अवस्थामा कार्कीको हकमा राजदूत नियुक्तिको सिफारिस निर्णयको अन्तिम टुङ्गो नलग्दासम्म लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
कार्की लाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई लिएर यतिबेला एमालेमा निकै ठूलो बहस चलेको छ । केही भने अब आफ्नो पालो आएको भन्दै नियुक्ति पाउन दौडधूपमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।