काठमाडौं – नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेको भन्दै कारवाही गरेर पदमुक्त गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको बैठकको निर्णयपछि निर्वाचन आयोगको सूचना प्रकाशित गरेर पदमुक्त गरिएको जानकारी गराएपछि सर्वाेच्चमा रिट परेको हो ।
रिटमाथि मंगलवार न्यायाधीश कुमार चुँडालको एकल इजलासले सुनुवाई गर्दै निवेदकले माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेकाले मेयर पदमा कायमै राख्न आदेश दिएको छ । यससँगै प्रचण्डको कारवाही बदर भएको छ भने २ मेयरले जितेका छन् ।
प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाका प्रमुखहरूले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरिएको छ ।
नेकपा माओवादी केन्द्रले कारवाही गरेको जानकारी दिएपछि निर्वाचन आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर पदमुक्त गरेको थियो ।
पढ्नुहोस् आदेशको पूर्णपाठ –




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।