आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतको लद्दाखमा रहेका नेपाली मजदुरलाई निःशुल्क रासन वितरण 

भारतको लद्दाखमा रहेका नेपाली मजदुरलाई निःशुल्क रासन वितरण 

  • मिडिया डबली
  • सोमवार, आषाढ १४ २०७८

  • 6.5K
    SHARES

  • भारतको लद्दाखमा रहेका नेपाली मजदुरलाई निःशुल्क रासन वितरण 

    काठमाडौं – भारतको केन्द्र प्रशासित राज्य लद्दाखको लेहस्थित गाउँमा रहेका नेपाली मजदुरहरुलाई राहत वितरण गरिएको छ । लेहको थाक्से गाउँमा रहेका नेपाली मजदुरहरुलाई स्थानीय अधिकारीहरुले निःशुल्क रासन वितरण गरेको हो । 

    कोरोना महामारीका कारण जारी गरिएका स्वास्थ्य मापदण्डहरुको पालनाका गर्नुपर्ने भएका कारण काम नियमित नभएपछि नेपाली मजदुरहरु समस्यामा परेका थिए । उनीहरुको समस्या सम्बोधनका लागि नेपाली मजदुरहरुलाई स्थानीय अधिकारीहरुले निःशुल्क रासन वितरण गरेको हो । 

    एक तथ्यांक अनुसार लद्दाखका विभिन्न क्षेत्रमा करिब ५० हजार नेपाली मजदुरहरु रहेको छन् । उनीहरुले लद्दाखका विभिन्न क्षेत्रमा मजदुरी गरिरहेका छन् । केही परिवारहरु लामो समयदेखि स्थायीरुपमा लद्दाखमा बसोबास गर्दै आएका छन् । केहीका करिब तेस्रो पुस्तादेखि लद्दाखमा बसोबास गरिरहेका छन् । 

    कोरोना महामारीका कारण उनीहरुलाई समस्या भएपछि स्थानीय अधिकारीहरुले निशुल्क रासन वितरण गरेका हुन् । भारत सरकारले ज्याला मजदुरी गर्ने समूहलाई निःशुल्क रासन वितरण गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend