सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

संसद्, राष्ट्रपतिपछि न्यायालयमाथि ओलीको प्रहार !

संसद्, राष्ट्रपतिपछि न्यायालयमाथि ओलीको प्रहार !

  • मिडिया डबली
  • आइतवार, आषाढ १३ २०७८

  • 5.2K
    SHARES

  • संसद्, राष्ट्रपतिपछि न्यायालयमाथि ओलीको प्रहार !

    काठमाडौं - राज्यका सबै अंगहरुमाथि एकपछि अर्को प्रहार हुन थालेको छ । राज्यका सम्मानित संस्थालाई विवादमा तान्ने काम प्रधानमन्त्री केपी ओलीले गरेका हुन् ।

    सुरुमा ओलीले व्यवस्थापिकामाथि प्रहार गरे । संसद ब्यूँतियो, तर जागेको संसदमाथि उनले फेरि दोस्रो प्रहार गरे । त्यसपछि राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई विवादमा ताने ।

    उनले विभिन्न नियुक्ति र सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जबर्जस्त विवादमा ताने । जसकारण अहिले राष्ट्रपतिको भूमिकामाथि प्रमु्ख प्रतिपक्षी दल मात्र होइन, नागरिकस्तरमै असन्तुष्टि बढेको छ ।

    राष्ट्रपति र अदालत संकटमा तानिइसकेका छन् । यी दुई संस्थापछि अब ओली न्यायालयमाथि अविश्वास र अनास्था फैलाउने तहमा ओर्लेका छन् । पत्रकारलाई बोलाउँदै अन्तर्वार्ता दिँदा र सार्वजनिक कार्यक्रममा समेत प्रधानमन्त्री ओलीले न्यायालयको उछितो काढ्न थालेका छन् ।

    सरकार प्रमुखको कुर्सीमा बसेर राज्यका संवैधानिक अंगमाथि अनास्था फैलाउने र टिप्पणी गर्नु नैतिक दृष्टिले पनि उचित हुन्न । तर, ओलीले ठाडै अदालतमा सेटिङ हुन थालेको टिप्पणी गर्नुले प्रधानमन्त्रीविरुद्ध नै अदालतको अवहेलना गरेको आरोप लाग्न सक्छ । आफूले गरेको निर्णयमा अरु कसैले प्रश्न उठाएमा मिलेमतो भएको भन्नु कम्युनिस्टहरूको प्रवृत्ति नै हो । जसलाई ओलीले निरन्तरता मात्र दिएका हुन् ।

    अब विवादमा नेपाली सेना मात्र तानिन बाँकी छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैंले बहन गरेकाले ओलीले सेनाबारे कुनै टिप्पणी गरेका छैनन् । नेपाली सेनाले पनि अहिलेसम्म कुनै त्यस्तो गलत कदम चालेको पनि छैन ।

    अहिलेसम्म ओलीले नगिजोलेको राज्यका अंगमा नेपाली सेना मात्र पर्छ । अरु सबैमा उनले आफू अनुकूल नियुक्ति गर्ने गरेका छन् । अख्तियार, मानवअधिकार, निर्वाचन आयोग, अन्य संवैधानिक अंगलाई त ओलीले पंगु नै बनाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend