काठमाडौं – मनपरी शासन गरिरहेका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वाेच्च अदालतले एकपछि अर्काे धक्का दिइरहेका बेला अर्काे ठूलो झड्का लागेको छ ।
गत बैशाख २५ गते ओली नेतृत्वको मन्त्रिपरिषद्बाट बहराइनको राजदूतमा सिफारिस भएका पूर्व मन्त्री युवराज कार्कीलाई नियुक्ति नदिँदा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । आवश्यक न्युनतम शैक्षिक योग्यता नै नपुगेपछि कार्कीको नियुक्ति प्रक्रिया रोकिएको छ ।
राजदूतमा सिफारिस कार्कीको योग्यता, दक्षता, अनुभवसँग जोडिएको प्रश्न र राजदूत नियुक्त गर्दा नेपाल परराष्ट्र सेवाका राजपत्राकिंत विशिष्ट वा प्रथम श्रेणीका बहालवाला अधिकृतहरू मध्येबाट कूल राजदूत पदको ५० प्रतिशत नघट्ने गरी गर्नुपर्ने विषयमा प्रश्न उठेपछि सर्वाेच्चले अन्तरिम आदेश दिएको छ ।
अदालत अदालतले मित्रराष्ट्र बहराइनका लागि आवासीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएका कार्कीको हकमा राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाको दफा ३ बमोजिमको न्यूनतम शैक्षिक योग्यता समेत नपुग भएको देखिएको ठहर गरेको छ ।
सर्वाेच्च अदालतले एकपछि अर्काे झड्का दिन थालेपछि प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा टेन्सन थपिएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।