सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

केपी ओलीको कुशासनविरुद्ध आजदेखि आन्दोलनको आँधीबेहरी !

केपी ओलीको कुशासनविरुद्ध आजदेखि आन्दोलनको आँधीबेहरी !

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 3.1K
    SHARES

  • केपी ओलीको कुशासनविरुद्ध आजदेखि आन्दोलनको आँधीबेहरी !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत दिनुको साटो एकपछि अर्को गर्दै कुशासन, महंगी र भ्रष्टाचार थोपारिरहेको भन्दै आज असार १० गतेदेखि ५ विद्यार्थी संगठनहरु संयुक्त रुपमा सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने भएका छन् ।  

    नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर सहितको संयुक्त प्रेस विज्ञप्ति बुधवार जारी गर्दै ओली नेतृत्वको प्रतिगामी सरकारका तमाम् असंवैधानिक अलोकतान्त्रिक र जनविरोधी हर्कतविरुद्ध सडक आन्दोलनको घोषणा गरेका छन् ।  

    आज असार १० गते बिहीवार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्गमा मुलकुलकका प्रमुख ५ विद्यार्थी संगठनको तर्फबाट समाजिक दूरी र स्वास्थ्यको मापदण्ड भित्र रही संयुक्त विरोध प्रदर्शनको कार्यक्रम आन्दोलन स्वरूप गरिने तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    उपत्यकाबाहिर समेत ५ विद्यार्थी संगठनको देशभरि नै संयुक्त आन्दोनल गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend