सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीलाई सर्वोच्चको धक्कापछि बालुवाटारमा रातभर एमाले नेता जम्मा, संकटकाल र राष्ट्रपति शासनको चर्चा

ओलीलाई सर्वोच्चको धक्कापछि बालुवाटारमा रातभर एमाले नेता जम्मा, संकटकाल र राष्ट्रपति शासनको चर्चा

  • मिडिया डबली
  • बुधवार, आषाढ ९ २०७८

  • 10.2K
    SHARES

  • ओलीलाई सर्वोच्चको धक्कापछि बालुवाटारमा रातभर एमाले नेता जम्मा, संकटकाल र राष्ट्रपति शासनको चर्चा

    काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी निर्णयमा अंकुश लगाउँदै जान थालेपछि एमाले नेताहरूको अनुहार मरिचझैं चाउरिएको छ ।

    प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार दिएको भनेर दाबी गर्ने ओली निकट नेताहरू मंगलबार रातभर बालुवाटारमा जम्मा भएका थिए । ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरूसँग ओलीले अबको मुभबारे राति अबेरसम्म छलफल गरेका थिए ।

    आफू निकट नेताहरूसँग ओलीले बुधबार बिहानैदेखि परामर्श गरिरहेका छन् । ओलीले अहिलेसम्म गरेका ६ वटा निर्णयलाई अदालतले अवैध ठहर गरिसकेका छन् । मंगलबार २० जना मन्त्रीलाई पदमुक्त गर्ने फैसलालाई ओलीले अदालतले गरेको राजनीतिको संज्ञा दिएका छन्।

    अदालतको फैसलापछि बालुवाटारमा बोलाएको पदमुक्त मन्त्रीसहितको आकस्मिक बैठकमा उनले चिन्ता नलिन र चाँडै अर्को स्टेप चाल्ने संकेत दिएका हुन् ।

    उनले भनेका थिए– अदालतले हामीमाथि राजनीति गर्‍यो। यो स्वाभाविक निर्णय होइन। गैरसंवैधानिकसमेत छ। हामीले यस्तो अपेक्षा गरेका थिएनौ।’ ओलीले पदमुक्त मन्त्रीलाई निवास नछाड्नु भन्ने आग्रहले उनी फेरि अर्को ‘मुभ’ को तयारीमा रहेको संकेत गर्छ । बालुवाटार भेलामा निवर्तमान मन्त्रीसहित ओलीका निकट मानिएका एमालेका सबैजसो ठूला नेतासमेत सहभागी थिए।

    छलफललाई टुंग्याउँदै प्रधानमन्त्रीले बुधवार बिहानसम्ममा कुनै निर्णय आउने बताएको बताइन्छ । सोही कारण आज बिहानैदेखि बालुवाटारमा ओली निकटस्थ नेताहरूको बैठक जारी छ।

    ओलीले संकटकाल वा राष्ट्रपति शासनमध्ये एउटा लगाउन सक्ने आकलन गरिएको छ । विपक्षी गठबन्धनले मंगलबार नै देशमा गम्भीर संकट आउने संकेत गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend