आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डले बिहानै गरे आकस्मिक बैठक, पूर्व गृहमन्त्री बादलसहित नेताबारे यस्तो निर्णय

प्रचण्डले बिहानै गरे आकस्मिक बैठक, पूर्व गृहमन्त्री बादलसहित नेताबारे यस्तो निर्णय

  • मिडिया डबली
  • सोमवार, आषाढ ७ २०७८

  • 8.3K
    SHARES

  • प्रचण्डले बिहानै गरे आकस्मिक बैठक, पूर्व गृहमन्त्री बादलसहित नेताबारे यस्तो निर्णय

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको आकस्मिक बैठक गरेर आवश्यक निर्णय गरेका छन् ।

    सोमवार बिहानै बसेको बैठकमा अध्यक्ष प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेर कारवाहीको निर्णय गराएका हुन् ।

    बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय समेत गरेको छ ।

    भर्चुअल विधिमा भएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताले पार्टी छाडेकाले कारवाही गर्ने निर्णय गरेको छ । स्थानीय तहका १८ जनासहित केन्द्रीय कमिटीका केही नेतालाई माओवादी केन्द्रले पार्टी छाडेको भन्दै कारवाही गर्ने निर्णय गरेको छ ।

    यसअघि पार्टी छाडेकाहरुलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाइए पनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यो निर्णयलाई मान्यता दिएको थिएन ।

    पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पूर्व मन्त्रीहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह, मणि थापा लगायतलाई पार्टीबाट निष्कासन गर्ने निर्णय सोमबारको बैठकले गरेको एक नेताले जानकारी दिए ।

    सोमवारको बैठकले स्थानीय तहका साथै पार्टी छाडेका केन्द्रीय तहका नेताबारे कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको छ । यसअघि शुक्रवार नेताहरू लिलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरू निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरूलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराइसकेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend