काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित हेलम्बुमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएका छन् ।
कांग्रेस खेलकुद विभाग प्रमुख, पार्टीको दैवी प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका नेता बस्नेतले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत स्वरूप खाद्य सामग्री र लत्ताकपडा हेलम्बु पठाउन नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।
शुक्रबारै हेलम्बु बाढी पीडितलाई प्रत्यक्ष राहत पुर्याउने सिलसिलामा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सदस्य मेलम्ची नगरपालिका–३ का वडाध्यक्ष वसन्त गुरुङ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता मेलम्ची नगरपालिका–४ का निर्वाचित वडा सदस्य समीर लामा, नेपाली कांग्रेस सिन्धुपाल्चोका युवा नेताहरू राजु गुरुङ, अमृत लामा, मनोज लामाको समन्वयमा नेपाली चलचित्र क्षेत्रकी प्रख्यात नायिका स्वेता खड्का र हाम्रो टीम नेपाल संस्थाको विशेष सहयोगमा हेलम्बुमा राहत पुर्याइएको छ ।
पूरै बाटो अवरुद्ध भएको र कुनै पनि उचित राहत नपुगेको अवस्थामा ५ पटकसम्म निजी हेलिकप्टर प्रयोग गरी हेलम्बुका तिम्बु, हल्दे, सेर्काथली, चालिसे लगायतका ठाउँमा हेलिकप्टर अवतरण गराई अत्यावश्यक १०० बोरा चामल, दाल, तेल, नून लगायतका खाद्य सामग्रीसँगै ब्ल्याकेट, सिरक, डसना लगायतका लत्ताकपडा पुर्याई थोरै भए पनि पीडितको घाउमा मल्हमपट्टि लगाउने काम गरिएको नेता बस्नेतले जानकारी दिए ।






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।