आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

बाढीपीडितलाई राहत बाँड्ने नाममा एमालेको राजनीति, मेलम्चीमा लेखेटिए कार्यकर्ता

बाढीपीडितलाई राहत बाँड्ने नाममा एमालेको राजनीति, मेलम्चीमा लेखेटिए कार्यकर्ता

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ४ २०७८

  • 6.8K
    SHARES

  • बाढीपीडितलाई राहत बाँड्ने नाममा एमालेको राजनीति, मेलम्चीमा लेखेटिए कार्यकर्ता

    काठमाडौं - सत्तारुढ एमाले जस्तोसुकै विषयलाई पनि राजनीतिमा तान्न सक्ने खुबी राख्ने पार्टी मानिन्छ । आफ्नो फाइदाका लागि तर्क, कुतर्क गर्न एमाले नेताहरू माहिर देखिन्छ । पार्टी अध्यक्ष केपी ओलीको त्यही प्रवृत्ति कार्यकर्ता पंक्तिमा पनि देखिएको छ ।

    अविरल वर्षापछि आएको बाढीपहिरोले धेरै जिल्लामा जनधनको क्षति गरेको छ । त्यसमध्ये पनि सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्र निकै प्रभावित भएको छ ।

    मेलम्ची बजारका सय घरपरिवार विस्थापित भएका छन् । तर, तिनै पीडितलाई राहत वितरण गर्ने नाममा एमालेले राजनीति गरेको छ । राहत वितरणलाई विज्ञापनको नाममा भजाएको छ ।

    केही समयपछि निर्वाचन आउँदैछ । त्यसैले भोट तान्न एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार राहत वितरण गर्दा पार्टीको झन्डा प्रयोग मात्रै गरेन, ओलीको तस्बिरसहितको ब्यानर टाँगेपछि मेलम्चीमा बबाल मच्चिएको थियो ।

    स्थानीयले अनेरास्ववियुका कार्यकर्तालाई लेखेटेका थिए । प्रहरी र सशस्त्र प्रहरीले रोकेकाले ठूलो घटना हुन पाएन । बाढी पीडित बस्दै आएको मेलम्चीको इन्द्रेश्वरी माविमा राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राहतभन्दा राजनीति गरेको स्थानीयबसेको आरोप छ ।

    स्कुलमा भएको राहत वितरणमा राजनीति गरेको भन्दै पीडितले एमाले कार्यकर्तालाई लखेटेका हुन् । खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

    अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जनाएको छ ।

    स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि झडपको अवस्था सिर्जना भएको थियो । बाढी प्रभावितलाई राहत बाँड्ने क्रममा एमालेका दुई पक्षबीच पनि विवाद भएको थियो । एमालेको ओली र नेपाल पक्षबीच विवाद भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend