आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

तरुण दलका अध्यक्ष बस्नेतको निर्देशन : बाढीपहिरोपीडितको उद्धार र राहत वितरणमा तुरुन्त लाग्नुस्

तरुण दलका अध्यक्ष बस्नेतको निर्देशन : बाढीपहिरोपीडितको उद्धार र राहत वितरणमा तुरुन्त लाग्नुस्

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 3.8K
    SHARES

  • तरुण दलका अध्यक्ष बस्नेतको निर्देशन : बाढीपहिरोपीडितको उद्धार र राहत वितरणमा तुरुन्त लाग्नुस्

    काठमाडौं - नेपाली कांग्रेसको सशक्त भ्रातृसंगठन तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाढीपहिरोपीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएका छन् ।

    केही दिनदेखि देशभर आएको बाढीपहिरो र डुबानले धेरै धनजनको क्षति पुगेकाले उद्धारमा जुट्न तरुण दलले निर्देशन दिएको हो । सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङलगायत देशका विभिन्न ठाउँमा बाढीपहिरोले ठूलो जनधनको क्षति व्यहोर्नु परेको भन्दै अध्यक्ष बस्नेतले सबै जिल्ला समितिहरूलाई उद्धार र राहत वितरणमा तत्काल जुट्न निर्देशन दिएका हुन् ।

    ‘जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार अझै केही दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ,’ बस्नेतले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ ।’

    तरुण दलले विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायतका सामाजिक संघसंस्थाहरु एवं मातृपार्टी कांग्रेस र अन्य भ्रातृसंगठनसंग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन पनि दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ४ २०७७१२:३१:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend