आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बाँस्कोटाले देउवा र प्रचण्डमाथि लगाए षड्यन्त्रको सनसनीपूर्ण आरोप

गोकुल बाँस्कोटाले देउवा र प्रचण्डमाथि लगाए षड्यन्त्रको सनसनीपूर्ण आरोप

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 5.6K
    SHARES

  • गोकुल बाँस्कोटाले देउवा र प्रचण्डमाथि लगाए षड्यन्त्रको सनसनीपूर्ण आरोप

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सनसनीपूर्ण षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

    बाँस्कोटाले देउवा र प्रचण्ड नेकपा एमालेलाई ध्वस्त गर्नतिर लागेको आरोप लगाए । उनले माधव नेपाल निवास कोटेश्वरमा पुगेर देउवा र प्रचण्डले युरिया हालेको दाबी गरे ।

    सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै बाँस्कोटाले माधव नेपालसँग मिलेर देउवा र प्रचण्डले एमालेलाई ध्वस्त पार्न खोजेको बताएका हुन् ।

    हिजो सोमबार नेपाल निवास गएर देउवा र प्रचण्डले सामुहिक छलफल गरेका हुन् ।

    बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन् । तर पोटास र फस्फोरस थियो कि थिएन ? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ ?’

    पछिल्लो समय माधव नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा देउवा र प्रचण्डसँग नजिक देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend