काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगविरुद्ध भयंकर आक्रोश पोखेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् ।
प्रवक्ता श्रेष्ठले लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको गलत कार्यलाई समयमै रोकिहाल्नुपर्ने आग्रह समेत गरेका छन् ।
श्रेष्ठले लेखेका छन्, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो । राजनीतिक पार्टीहरूले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।