काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलोपटक बालुवाटारमा बसेको बैठकले ३ देशको लागि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।
यसअघिको बैठक सिंहदरबारमा बसेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले इस्तानबुल, कतार, क्वालालम्पुर सहितका देशको उडान खुला गर्ने निर्णय गरेको छ ।
यी देशमा लगातार उडान नगरी फरक–फरक दिनमा उडान गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिलाको सुरक्षाका लागि टोल फ्री नम्बरलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको छ ।
कुनै पनि महिलालाई कहीँकतै कसैले दुर्व्यवहार गरे ४ अंकको टोल फ्री नम्बरमा गुनासो गरे तत्काल उद्धारसहित दोषीलाई कारवाही गर्ने नम्बरलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।