आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस सांसदलाई पक्राउ गर्नुपर्ने आवाज चर्काे, ओलीको सफाया गर्ने त्यो सूचना !

कांग्रेस सांसदलाई पक्राउ गर्नुपर्ने आवाज चर्काे, ओलीको सफाया गर्ने त्यो सूचना !

  • मिडिया डबली
  • शनिवार, जेठ २९ २०७८

  • 6.5K
    SHARES

  • कांग्रेस सांसदलाई पक्राउ गर्नुपर्ने आवाज चर्काे, ओलीको सफाया गर्ने त्यो सूचना !

    काठमाडौं – नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आक्रोशित हुँदै नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले पक्राउ गर्न चर्काे आवाज उठाएका छन् ।

    सांसद वैद्यले केपी ओलीले देश खाइदिने भएकाले मारेर आफू नाथुराम गोड्से बन्ने अभिव्यक्ति प्रदेश सभामा दिएका थिए ।

    एमालेले वैद्यलाई प्रदेश सभाबाट निलम्बन गरी तत्कालै ज्यान मार्ने उद्योग गरेको अभियोग मुद्दा चलाउनुपर्ने माग गरेको छ ।

    अध्यक्ष पोखरेलले भने, ‘यो विषय सामान्य होइन, व्यक्तिले मात्र लहडमा बोलेको होइन । यसमा गम्भीरै षड्यन्त्र लुकेको छ । यसमा संलग्न सबै दोषीहरू पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्यसत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दैछु ।’

    बागमती प्रदेश सभाको शुक्रवारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैं बन्न तयार रहेको अभिव्यक्ति दिएर विवादमा परेका छन् । नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए । 

    अध्यक्ष पोखरेलले ओलीविरुद्ध गठबन्धनमा लागेका नेता तथा कार्यकर्ताले भौतिकरूपमा नै सफÞाइ गर्नसक्ने सूचना पहिले नै प्राप्त भएको दावी गरेका छन् । ‘पार्टीका श्रद्धेय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन लागेका केही दलका नेता तथा कार्यकर्ताहरूले राजनीतिक र वैचारिक रूपमा मात्र होइन, भौतिक रूपमा उहाँको सफाया गर्न सक्ने सूचना प्राप्त भइरहेको थियो । हामी त्यसलाई सूक्ष्म रूपले अध्ययन गरिरहेका थियौं,’ उनले भने, ‘हिजो काठमाडौंबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम बैधले बागमती प्रदेश सभाको बैठकको रोस्टममा उभिएर महात्मा गान्धीलाई नाथुराम गोड्सले मारे झैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन् ।’

    अध्यक्ष पोखरेलले पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्ने व्यक्तिलाई कारवाही हुनुपर्ने माग गरे । पोखरेलले हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानूनको दायरामा ल्याउनुपर्ने समेत बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend