आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पृथ्वीसुब्बा पदमुक्त भएको झोकमा एमालेले गर्‍यो संसदमा हंगामा, अकस्मात स्थगित

पृथ्वीसुब्बा पदमुक्त भएको झोकमा एमालेले गर्‍यो संसदमा हंगामा, अकस्मात स्थगित

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 9.2K
    SHARES

  • पृथ्वीसुब्बा पदमुक्त भएको झोकमा एमालेले गर्‍यो संसदमा हंगामा, अकस्मात स्थगित

    काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि बिहीबार प्रदेश सभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि शुक्रबार एमालेले संसदमा हंगामा गरेको छ ।

    एमालेको सरकारका मन्त्री बैठकमा सहभागी नहुँदा एमालेकै सांसदले हंगामा गरेर बैठक स्थगित भएको छ ।

    शुक्रबार बैठकको सुरूमै सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारवाही गरिएको सम्बन्धमा संसदीय दलका तर्फबाट पठाइएको पत्र पढेर सुनाएपछि एमाले सांसदले विरोध जनाए ।

    सभामुख अधिकारीले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोज्दा एमालेका सांसदले बैठकमा सरकारका तर्फबाट प्रतिनिधित्व नरहेको भन्दै प्रदेशसभा नियमावली अनुसार बैठक सञ्चालन हुन नसक्ने सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख अधिकारीले बैठक स्थगित गरिएको घोषणा गरे ।

    संसदले विश्वासको मत नदिएको झोकमा एमालेका मन्त्रीहरू बैठकमा सहभागी नहुने र संसदको कारवाही प्रभावित हुने गतिविधिमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०७:५५:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend