काठमाडौं – गण्डकी प्रदेशका नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव ‘फेल’ भएको छ ।
बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव निर्णयार्थ पेश गर्दा एमालेका मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र खसेको छ ।
कूल ५७ सदस्यले मतदान गरेकोमा पक्षमा २७ र विपक्षमा ३० मत खसेको प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । कूल ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ ।
प्रदेशसभा बैठकमा स्वतन्त्र सांसद दिपक मनाङे उपस्थित भएनन् भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मतदानमा भाग लिएनन् ।
प्रदेश सभामा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका गुरुङले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका छन् । अब नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयबाट प्रक्रिया अगाडि बढ्नेछ ।
मुख्यमन्त्री गुरुङको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । गण्डकीमा कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन विपक्षी गठबन्धनले कोसिस गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।