काठमाडौं - माओवादी केन्द्रबाट एमाले प्रवेश गर्ने रामबहादुर थापा 'बादल'बाहेक अन्य ६ जना पूर्वमन्त्रीले पुल्चोकस्थित मन्त्रीक्वार्टर आजदेखि छाड्नुपर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाइहाल्छन् कि भन्दै करिब दुई सातादेखि बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा, गौरिशंकर चौधरीले मन्त्रीक्वार्टर छाडेका थिएनन् ।
तर ओलीले आज पूर्वगृहमन्त्री बादलकी श्रीमती नैनकला थापालाई मात्र मन्त्री बनाए । अरुलाई मन्त्री बनाउन यसै पनि सर्वोच्च अदालतको आदेश बाधक थियो । त्यसैले आजदेखि बादलबाहेक अन्यले सरकारी निवास छाड्नुपर्ने भएको छ ।
ओली सरकारका मन्त्रिपरिषद् बैठकहरू बालुवाटारमा हुने गरेका छन् र बैठकका लागि सबै मन्त्रीहरू बालुवाटार जाने गरेका छन् । बैठकका लागि अब बादल नभई नैनकला बालुवाटार छिर्ने भएपनि पुल्चोक निवासमा भने बादल समेत निर्धक्क बस्न पाउने भएका छन् ।
पूर्वमाओवादीबाट एमालेमा प्रवेश गर्ने बादलसहित ६ नेताको बिजोग भएको छ । न त सांसद पद नै रह्यो, न त मन्त्री नै बच्यो । एमालेलाई पनि प्रभु साह र टोपबहादुर रायमाझीबाहेक अरु सबै घाँडा नै सावित हुने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।