काठमाडौं - एमाले नेता माधवकुमार नेपाल पक्षसँग सामूहिक रूपमा कुराकानी गर्न नचाहने केपी ओली अहिले नेताका खल्तीका मान्छेलाई धमाधम मन्त्री नियुक्त गर्दैछन् ।
एमालेमा देखिएको विवाद सल्टाउन नेताहरुले ओलीलाई सामूहिक रूपमा कुराकानी गर्न आग्रह गरेका थिए । तर, उनले पार्टीमा गुटलाई प्रश्रय नदिने भन्दै माधव नेपालसँग मात्र छलफल गरे ।
अरुलाई व्यक्तिगत रूपमा बोलाएर कुराकानी गरे । तर, तिनै ओलीले अहिले एमालेका गुट गुटका नेताका मान्छेलाई मन्त्री बनाएका छन् । ओलीले बिभिन्न नेताहरुको कोटाबाट मन्त्री थपेका छन् ।
प्रधानमन्त्रीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको कोटाबाट नैनकला थापा, प्रभु साहको कोटाबाट ज्वालाकुमारी साह र योगेश भट्टराईको कोटाबाट गणेश पहाडी मन्त्री बनाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।