काठमाडौं - माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा 'बादल'ले श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् ।
प्रधानमन्त्री केपी ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा नैनकलालाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आजै आठै मन्त्रीले सपथ लिँदैछन् ।
पूर्वगृहमन्त्री बादललाई मन्त्री बन्न सर्वोच्च अदालतले रोक लगाएपछि उनले आफ्नो ठाउँमा श्रीमतीलाई मन्त्री बनाएका हुन् । यसले बादलमा सत्ताप्रति कतिसम्म मोह रहेछ भन्ने प्रस्ट हुन्छ ।
यसअघि बादलले नैनकलालाई राष्ट्रिय महिला आयोगको अध्यक्ष बनाएका थिए । उनको तीन वर्षे कार्यकाल भर्खर मात्रै सकिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।