आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सभामुखले पत्र लेखेपछि केपी ओली रिसाए, बैठकमा नजाने निर्णय

सभामुखले पत्र लेखेपछि केपी ओली रिसाए, बैठकमा नजाने निर्णय

  • मिडिया डबली
  • बिहिवार, जेठ २७ २०७८

  • 5.3K
    SHARES

  • सभामुखले पत्र लेखेपछि केपी ओली रिसाए, बैठकमा नजाने निर्णय

    काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले पत्रमार्फत जानकारी गराउँदै सर्वदलीय बैठकमा बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका छन् ।

    प्रधानमन्त्री ओलीलाई भेटेरै निम्तो दिनुपर्नेमा पत्र लेखेपछि ओली रिसाएर बैठकमा नजाने भएका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले शुक्रवार दिउँसो २ बजे संसद भवनमा सर्वदलीय बैठक राखेका छन् । जसमा प्रधानमन्त्री ओलीलाई समेत निम्तो पठाइएको छ ।

    प्रधानमन्त्री ओलीलाई पत्रमार्फत बोलाइएको भएपनि बैठकमा नजाने प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

    ‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो । प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न,’ थापाले भने ।

    नेकपा एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल बैठकमा सहभागी हुने भएका छन् ।

    प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ । मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend