काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समेत राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।
शुक्रबार समसामयिक विषयमा छलफल गर्न भन्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूलाई संसद भवन नयाँ बानेश्वरमा बोलाएका हुन् ।
सभामुख सापकोटाले छलफलमा सहभागिताका लागि भन्दै ओलीसहित दलका प्रमुख नेताहरुलाई पत्राचार गरेका छन् ।
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले बैठकमा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको जानकारी दिए ।
बैठक भोलि शुक्रवार अपराह्न संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुने जनाइएको छ ।
प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्व सभामुख र कानून व्यवसायीसँग छलफल गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।