आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

घनश्याम भुसाललाई अर्कै तनाव !

घनश्याम भुसाललाई अर्कै तनाव !

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 6.0K
    SHARES

  • घनश्याम भुसाललाई अर्कै तनाव !

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला नेता घनश्याम भुसाललाई अर्कै तनाव भएको छ ।

    नेता भुसालले आफूविरुद्ध अनर्गल प्रचार भएको खुलासा गरेका छन् ।

    सामाजिक सञ्जालमा फेसबुकमा प्रतिक्रिया जनाउँदै नेता भुसालले समूह नै तयार गरेर अनर्गल प्रचार गरिएको दाबी गरेका छन् ।

    भुसालले फेसबुकमा लेखेका छन्, ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन् ।’

    एमालेभित्र नेता भुसालसहित गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेले ओली पक्षीय नेताहरूसँग भित्रभित्रै छलफल चलाइरहेकाले गुट परिवर्तनको आरोप लाग्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७१०:४७:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend