आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओलीका वकिलको हर्कतले प्रधानन्यायाधीश जबरा रिसाएपछि ...

केपी ओलीका वकिलको हर्कतले प्रधानन्यायाधीश जबरा रिसाएपछि ...

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 5.7K
    SHARES

  • केपी ओलीका वकिलको हर्कतले प्रधानन्यायाधीश जबरा रिसाएपछि ...

    काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलमाथि मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।

    संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरुले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।

    ‘अहिले जुन निवेदन राख्नुभयो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन । यो निवेदन फिर्ता लानुस् अन्यथा कठिन रूपमा मानहानीको मुद्दा चलाउँछु,’ जबराले वकिललाई सोधे, ‘दर्ता गर्ने कि परिणाम भोग्ने ?’ 

    प्रधानन्यायाधीश जबराले संयमित हुन समेत सबैमा अनुरोध गरेका छन् । ‘यो आफैंमा गम्भीर विषय हो । तपाईंहरूले इजलासको मर्यादा कायम राख्नुपर्छ । इजलासप्रतिको विश्वास तपाईंहरूको कर्तव्य हो,’ जबराले भने ।

    इजलासमा राजारामसहित यज्ञमणि न्यौपाने र दीपक मिश्रले पुरक निवेदन दिएका । सो क्रममा प्रधानन्यायाधीशले भने, ‘इच्छामा छाडेका छौं । दर्ता गर्ने कि कारवाही गरौं ?’ जवाफमा यज्ञमणि न्यौपानेले सांसद ज्ञानेन्द्रबहादुर कार्की सहितले महाअभियोग प्रस्ताव दर्ता गरेको विषय भएकाले आनन्दमोहन भट्टराईको हकमा मुद्दा हेर्न नमिल्ने जिकिर गरेका छन् । सो क्रममा राजारामले निवेदन दर्ता नै हुनुपर्ने जिकिर गरेका छन् ।

    जबराले आईतबार प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई राखिएको छ 

    प्रधानन्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोस्टरमा रहेकामध्येका वरिष्ठ न्यायाधीश छन् । आफूमाथि प्रश्न उठे पनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा समावेश गरिएको छैन ।

    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अस्वस्थताका कारण होम आइसोलेसनमा बसेकाले उनी पछाडिको वरियतामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखिएको छ । संवैधानिक इजलासमा रहेका २ न्यायाधीशको निष्पक्षतामाथि रिट निवेदक पक्षका कानून व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ गते आईतबार सुनुवाइ हुने गरी इजलास स्थगित भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend