आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

चर्काे विवादमा फसेपछि मध्यराति राजेन्द्र महतोको यस्तो कदम ! उन्मुक्ति पाइएला ?

चर्काे विवादमा फसेपछि मध्यराति राजेन्द्र महतोको यस्तो कदम ! उन्मुक्ति पाइएला ?

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 3.7K
    SHARES

  • चर्काे विवादमा फसेपछि मध्यराति राजेन्द्र महतोको यस्तो कदम ! उन्मुक्ति पाइएला ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्ति विवादमा परेपछि उनले सफाइ पाउन स्पष्टीकरण दिने कदम चालेका छन् ।

    महतोले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको स्पष्टीकरण दिएका छन् ।

    महतोले मन्त्री भएलगत्तै शुक्रवार कार्यभार सम्हाल्दै नेपाल बहुल राष्ट्रियता भएको राज्य भएकाले त्यसका लागि संघर्ष गर्ने बताएका थिए । मन्त्री महतोको भनाइ सार्वजनिक भएपछि चौतर्फी विरोध भइरहेको छ ।

    शनिबार दिउँसो चर्काे विवादमा परेका महतोले मध्यराति प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

    महतोले संविधानमा आफूहरुका असन्तुष्टि रहेकाले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने जनाएका छन् ।

    विज्ञप्तिमा उल्लेख छ, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रस्ट पार्न चाहन्छु ।’

    पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ –

    mt.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend