आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

राष्ट्रपति विद्या भण्डारीसामु नवनियुक्त मन्त्रीले खाए शपथ (नामावलीसहित)

राष्ट्रपति विद्या भण्डारीसामु नवनियुक्त मन्त्रीले खाए शपथ (नामावलीसहित)

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 5.9K
    SHARES

  • राष्ट्रपति विद्या भण्डारीसामु नवनियुक्त मन्त्रीले खाए शपथ (नामावलीसहित)

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १७ सदस्यीय बनाएपछि नवनियुक्त मन्त्रीले शपथ खाएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरूलाई शपथ खुवाइएको हो ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदा ओलीले एमालेका अधिकांश मन्त्रीलाई हटाएका छन् ।

    ओलीले प्रभावशाली मन्त्रालयहरू आफूसँगै राखेका छन् । सर्वोच्च अदालतले सांसद नभएका पूर्व माओवादी मन्त्रीलाई पदमुक्त गरेपछि गृहसहितका मन्त्रालय खाली थिए ।

    ओली सरकारमा अर्थमन्त्री विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बनेका छन् ।

    यी हुन् मन्त्रिपरिषद्मा भाग पाउनेहरू – 

    प्रधानमन्त्री केपी शर्मा ओली - रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
    विष्णु पौडेल - उपप्रधानमन्त्री, अर्थ

    राजेन्द्र महतो - उपप्रधानमन्त्री, शहरी विकास
    रघुवीर महासेठ - उपप्रधानमन्त्री, परराष्ट्र
    शेरबहादुर तामाङ - स्वास्थ्यमन्त्री

    बसन्तकुमार नेम्वाङ - मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
    लीलानाथ श्रेष्ठ - मन्त्री, कानून न्याय तथा संसदीय मामिला
    कृष्णगोपाल श्रेष्ठ - मन्त्री, शिक्षा

    शरतसिंह भण्डारी - मन्त्री, ऊर्जा
    उमाशंकर अरगरिया - मन्त्री, वन तथा वातावरण
    लक्ष्मणलाल कर्ण - मन्त्री, भूमि व्यवस्था

    अनिल झा - मन्त्री, खानेपानी तथा सरसफाई
    विमल श्रीवास्तव - श्रम तथा रोजगार
    चन्दा चौधरी - मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

    एकवाल मियाँ - मन्त्री, युवा तथा खेलकुद

    चन्द्रकान्त चौधरी - राज्यमन्त्री, ऊर्जा
    रेणुका गुरुङ - राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend