काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १७ सदस्यीय बनाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदा ओलीले एमालेका अधिकांश मन्त्रीलाई हटाएका छन् ।
ओलीले प्रभावशाली मन्त्रालयहरू आफूसँगै राखेका छन् । सर्वाेच्च अदालतले सांसद नभएका पूर्व माओवादी मन्त्रीलाई पदमुक्त गरेपछि गृहसहितका मन्त्रालय खाली थिए ।
ओली सरकारमा अर्थमन्त्री विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्ने भएका छन् ।
यी हुन् मन्त्रिपरिषद्मा भाग पाउनेहरू –
प्रधानमन्त्री केपी शर्मा ओली - रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल - उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो - उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ - उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ - स्वास्थ्यमन्त्री
बसन्तकुमार नेम्वाङ - मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ - मन्त्री, कानून न्याय तथा संसदीय मामिला
कृष्णगोपाल श्रेष्ठ - मन्त्री, शिक्षा
शरतसिंह भण्डारी - मन्त्री, ऊर्जा
उमाशंकर अरगरिया - मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण - मन्त्री, भूमि व्यवस्था
अनिल झा - मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव - श्रम तथा रोजगार
चन्दा चौधरी - मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ - मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी - राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ - राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।