काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका एमालेका अधिकांश मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि सरकारी निवास बालुवाटारमा हंगामा मच्चिएको छ ।
ओलीले सरकारमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई हटाएपछि नेकपा एमालेको ओली गुटभित्रै विद्रोहको धम्की सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई बढुवा गरेर उपप्रधानमन्त्री बनाएका छन् भने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ सरकारमा मन्त्रालय हेरफेर गर्दै कायमै राखेका छन् । यसबाहेक एमालेका पुराना र चर्चित अनुहारलाई हटाएपछि बालुवाटारमा विद्रोह मच्चिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, वन तथा वातावरण मन्त्री प्रेम आले, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा अर्याललाई हटाएका छन् ।
सरकारबाट संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई हटाएपछि बालुवाटारमा बबाल मच्चिएको छ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको ठाउँ एमाले नेता शेरबहादुर तामाङलाई ल्याइएको छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ठाउँमा उपप्रधानमन्त्रीसहित रघुवीर महासेठलाई मन्त्री बनाइएको छ ।
थोरै सांसद भएको जसपालाई धेरै मन्त्रालय दिएकोमा समेत एमालेभित्र असन्तुष्टि देखिएको छ । जसपाका नेताहरूसहित शुक्रबारै ८ बजे शपथ कार्यक्रम राखिएको स्रोतले जनाएको छ । जसपाले आकर्षक मन्त्रालय पाएको छ ।
यी हुन् नयाँ मन्त्रीहरू
१. राजेन्द्र महतो, उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय
२. शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
३. अनिल झा, खानेपानी मन्त्रालय
४. विमल श्रीवास्तव, श्रम तथा रोजगार मन्त्रालय
५. उमाशंकर अरगरिया, युवा तथा खेलकुद मन्त्रालय
६. लक्ष्मण लाल कर्ण, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
७. चन्दा चौधरी, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
८. एकबाल मियाँ, वन तथा वातारण मन्त्रालय
९. चन्द्रकान्त चौधरी, राज्यमन्त्री, ऊर्जा
१०. रेणुका गुरुङ, राज्यमन्त्री, महिला
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।