काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाट सरकारमा गएका ३ मन्त्रीको पद खोसेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पाउने ८ मन्त्रालय टुंगिएसँगै ३ जना मन्त्रीको मन्त्रालय खोसिएको हो ।
प्रधानमन्त्री ओली र जसपा नेताहरूबीच शुक्रवार भएको छलफलमा ८ मन्त्रालय पाउने सहमति भएको छ ।
जसपाले शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाउने भएको छ ।
जसपाले पाएका ८ मन्त्रालयमध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग नै रहेका छन् । तर महिला बालबालिका मन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फेको मन्त्रालय खोसिएको छ ।
जसपासँगको नयाँ सहमतिसँगै ३ मन्त्री मन्त्रालयविहीन बनेका छन् । रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने अझै पनि प्रधानमन्त्री ओलीसँगै रहेको छ । यी मन्त्रालयमा कसलाई नियुक्त गरिन्छ, हेर्न बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।