काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
बालुवाटार स्रोतका अनुसार आज शुक्रवार साँझ शपथ गराउने गरी जसपा नेतालाई प्रधानमन्त्री ओलीले सरकारमा सहभागी गराउन लागेका छन् ।
जसपाले राजेन्द्र महतोको नेतृत्वमा नेताहरूलाई सरकारमा पठाउन लागेको छ । महतोलाई उपप्रधानमन्त्री सहितको कुनै एक मन्त्रालय दिने तयारी ओलीले गरेका छन् ।
जसपाको तर्फबाट शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकबाल मिया र चन्दा चौधरी मन्त्री बन्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।