आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बालुवाटारमा महन्थ ठाकुरलाई भेटेकै दिन मन्त्रिपरिषद् बैठक बस्दै

बालुवाटारमा महन्थ ठाकुरलाई भेटेकै दिन मन्त्रिपरिषद् बैठक बस्दै

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 5.9K
    SHARES

  • बालुवाटारमा महन्थ ठाकुरलाई भेटेकै दिन मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बोलाइएको हो ।

    नियमित मन्त्रिपरिषद् बैठक भनिए पनि विभिन्न कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता सम्बन्धी केही निर्णय हुनसक्ने अनुमान गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकमा अन्य नियमित काम कारबाहीका विषयमा समेत छलफल हुने जनाइएको छ । मन्त्रिपरिषद् बैठकअघि जसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । ठाकुर लगायत नेतालाई भेटेपछि ओलीले बैठक बोलाएका छन् ।

    ओली सरकार र थारुहट संघर्ष समितिबीच केही दिनअघि भएको वार्तामा टीकापुर घटनालगायत विभिन्न आन्दोलनमा पक्राउ परेका व्यक्ति र मुद्दा चलेकाहरुको रिहाइ र मुद्दा फिर्ताको पहल गर्ने सहमति भइसकेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend