आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओलीले आफ्ना सल्लाहकारलाई पोस्न बजेटमै घुसाए प्रावधान, नुन आपूर्तिको जिम्मा दुगडलाई दिँदै

ओलीले आफ्ना सल्लाहकारलाई पोस्न बजेटमै घुसाए प्रावधान, नुन आपूर्तिको जिम्मा दुगडलाई दिँदै

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 4.5K
    SHARES

  • ओलीले आफ्ना सल्लाहकारलाई पोस्न बजेटमै घुसाए प्रावधान, नुन आपूर्तिको जिम्मा दुगडलाई दिँदै
    फाइल तस्वीर

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले अर्का सल्लाहकार मोती दुगडलाई पोस्न बजेटकै प्रावधान घुसाएका छन् । दुगड अहिले ओलीका आर्थिक सल्लाहकार हुन् ।

    यसअघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्यमन्त्री थिए । त्यसबेलादेखि नै उनले नुन आपूर्ति गर्न निजी क्षेत्रलाई बाटो खुलाउन प्रयत्न गरेका थिए । जसको व्यापक विरोध भएपछि रोकिएको थियो । तर, अहिले ओलीले बजेटमा निजी क्षेत्रलाई नुन आपूर्ति गर्ने प्रावधान राखिएको छ ।

    अहिले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत नुन आपूर्ति हुँदै आएको छ। आगामी बजेटमा आयोडिनयुक्त नुन कारोबारमा निजी क्षेत्रलाई सहभागी गराइने उल्लेख छ। ‘आयोडिनयुक्त नुन आपूर्ति सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ,’ बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए।

    नुनलगायतका अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने जिम्मेवारी पाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमतिबिना नै अर्थ मन्त्रालयले बजेटमा उक्त व्यवस्था घुसाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ ।

    ओलीका आर्थिक सल्लाहकार दुगडले सञ्चालन गरेको दुगड स्पाइसेस एन्ड फुड प्रोडक्ट प्रालिले अनुमति नै नलिई सेन्चुरी नुन बेच्दै आएको छ। प्रधानमन्त्री ओलीको आडमा सोही कारोबारलाई वैधता दिन पनि निजी क्षेत्रलाई नुन आपूर्ति गर्न अनुमति दिइएको बताइएको छ ।

    बिना इजाजत नुन आपूर्ति गर्दा पनि दुगडमाथि कुनै कारबाही हुन सकेको छैन। सरकारी अनुमति बिना सेन्चुरी नुन बिक्री भइरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी गरेको थियो। उजुरीपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन पनि गरेको थियो। तर, त्यतिबेला विभागको तालुकदार मन्त्रालय (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय) मा दुगड स्वयं राज्यमन्त्री भएकाले कारबाही भएको थिएन ।

    दुगडकै पहलमा थापाथलीमा एमालेले सस्तो मूल्यमा केन्द्रीय कार्यालय राख्न भवन पाएको छ । सोही गुण तिर्न एमाले सरकारले दुगडलाई पोस्ने नीति ल्याएको हो ।

    कम्युनिस्ट सरकारले सबै क्षेत्रमा सरकारी हस्तक्षेप गर्ने गर्छ । तर, ओलीराजमा ठिक उल्टो छ । उनले आफूनिकट व्यापारीलाई पोस्दै आएका छन् । हालै मात्र विद्युत व्यापार गर्न निजी क्षेत्रलाई अनुमति दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend