सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता बस्नेतको सराहनीय कामले जनता खुसी !

कांग्रेस नेता बस्नेतको सराहनीय कामले जनता खुसी !

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 4.0K
    SHARES

  • कांग्रेस नेता बस्नेतको सराहनीय कामले जनता खुसी !

    काठमाडौं – सत्तारुढ दल नेकपा एमाले र त्यसका नेताहरू अनेक विवादमा फसिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर सराहनीय काम गरेका छन् ।

    गृहजिल्ला सिन्धुपाल्चोकका कोरोना संक्रमितलाई अस्पताल आउजाउ गर्न एम्बुलेन्स अभाव भएपछि नेता बस्नेतले आफ्नै गाडी दिएका छन् ।

    नेता बस्नेतले गाडी फिर्ता गर्नु नपर्ने गरी सहयोग गरेको बताए । बस्नेतले चालकसहित १ वर्षका लागि इन्धन खर्च समेत आफूले नै व्यहोर्ने घोषणा गरिसकेका छन् ।

    नेता बस्नेतकै पहलमा सिन्धुपाल्चोकमा कोरोना संक्रमितलाई उपचार गर्न १०० शय्याको अस्पताल समेत तयार गरिएको छ ।

    कोरोना अस्पतालमा अक्सिजनसहित उपचारको व्यवस्थापन गरिएको छ । बस्नेतको कामबाट जनता खुसी भएका छन् ।

    कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा विभिन्न समाजसेवाका काम गर्दै आएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend