काठमाडौं - एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
बैठकमा पार्टीको अनुशासनविपरीतका गतिविधि गरेको भनेर प्रष्टीकरण सोधिएका १२ जना सांसदलाई थप कारबाही गर्ने या नगर्ने भन्नेबारे निर्णय हुने बताइएको छ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा छन्।
तर, स्थायी कमिटी बैठक बस्नु अघिल्लो राति एमालेका दोस्रो तहका नेताहरूबीच पाँचतारे होटेलमा मध्यरातिसम्म वार्ता भएको छ । बैठकमा संस्थापन पक्षबाट संगठन विभाग प्रमुख विष्णु पौडेल, नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए ।
माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए । नेपाल पक्षले भने जेठ २ मा फर्किनुपर्ने यसअघिको अडानमै कायम राखेको थियो ।
तर, केपी ओली समूहले जेठ २ मा फर्कन नसक्ने बताइसकेको छ । एमाले स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरूबीच अझै एमालेमा एकता कायम गर्न सकिन्छ कि भन्ने मानसिकता देखिएको छ ।
एमाले स्थापना गर्ने माधव नेपाल र झलनाथ खनाललगायतलाई केपी ओलीले कारबाही गरेकाले अब पार्टीमा एकता कायम राख्न सकिनेमा नेताहरू नै विश्वस्त छैनन् । किनभने माधव नेपालले कांग्रेससँगको गठबन्धन कसिलो बनाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।