सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले निकाल्यो यस्तो प्रेस विज्ञप्ति

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले निकाल्यो यस्तो प्रेस विज्ञप्ति

  • मिडिया डबली
  • आइतवार, जेठ १६ २०७८

  • 6.7K
    SHARES

  • कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले निकाल्यो यस्तो प्रेस विज्ञप्ति

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै १०१ स्थानको क्रियाशील सदस्यताको नामावली टुंगो लगाएको जनाएको छ ।

    छानबिन समितिका सचिव केशव रिजालले पार्टीको आधिकारिक वेबसाइटमा सदस्यता विवरण सार्वजनिक गरिएको जनाएका छन् ।

    छानबिन समितिको बैठकको निर्णय अनुसार गत बैशाख ३० गते ४५ जिल्लाका ८० स्थान र जेठ १५ गते १६ जिल्लाका २१ स्थान समेत गरी कूल १०१ स्थानको सदस्यता नामावली टुंगो लगाइएको जनाइएको छ ।

    समितिले कुनै त्रुटि भएमा सच्याउनका सम्बन्धित ठाउँमा जानकारी गराउन आग्रह गर्दै १०१ स्थानका लागि नामावली इन्ट्री गर्ने सफ्टवेयर बन्द गरिएको जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

    अब १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको समितिले जनाएको छ ।

    समितिले सम्बन्धित प्रतिनिधिसभा क्षेत्रले नयाँ तर्फको र जिल्लाले नवीकरण तर्फको सम्पूर्ण नामावली तोकिएको मितिभित्र केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा इन्ट्री गर्न र कुनै त्रुटि भएको भए सच्याउन आग्रह समेत गरेको छ । 

    nc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend