आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

गणतन्त्र दिवस समारोह जंगी अड्डाभित्र, ओलीले किन गरे यस्तो ?

गणतन्त्र दिवस समारोह जंगी अड्डाभित्र, ओलीले किन गरे यस्तो ?

  • मिडिया डबली
  • शनिवार, जेठ १५ २०७८

  • 4.6K
    SHARES

  • गणतन्त्र दिवस समारोह जंगी अड्डाभित्र, ओलीले किन गरे यस्तो ?

    काठमाडौं - हरेक वर्ष गणतन्त्र दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको थियो । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहित संवैधानिक निकायका पदाधिकारी, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि आमन्त्रित हुन्थे ।

    तर, यसपटक कोरोना भाइरस महामारीका कारण निषेधाज्ञा जारी छ । तर पनि शुक्रबार बेलुकासम्म सैनिक मञ्च टुँडिखेलमै सीमित पाहुनाको सहभागितामा गणतन्त्र दिवस मनाउने सरकारको तयारी थियो ।

    तर, शनिबार बिहान हुँदा नहुँदै गणतन्त्र दिवस कार्यक्रम सैनिक मुख्यालय भित्र राखिएको छ । यदि सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गर्न नसकिएको भए गणतन्त्रको प्रतीक राष्ट्रपति कार्यालय शीतल निवासमा पनि आयोजना गर्न सकिन्थ्यो ।

    तर, आज इतिहासमा कहिल्यै नभएको काम भएको छ । गणतन्त्र कार्यक्रम लगेर सेनाको मुख्यालयमा बुझाइएको छ । गणतन्त्र समारोहमा भाग लिन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट ब्यक्तिहरु जंगी अड्डा गइसकेको बताइन्छ ।

    गणतन्त्र समारोह जस्तो महत्वपूर्ण कार्यक्रम टुँडिखेलको खुल्ला ठाउँ या राष्ट्रपति बस्ने शीतल निवासमा आयोजना नगरी सेनाको ब्यारेकमा गरिएकोमा अर्थपूर्ण रुपमा लिइएको छ । कतै अब चाँडै सैनिक शासन त लाग्ने छैन भन्ने आकलन गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend