आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न तरुण दलको माग

भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न तरुण दलको माग

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 7.5K
    SHARES

  • भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न तरुण दलको माग

    काठमाडौं - नेपाल तरुण दलले नेपालगन्जस्थित भेरी अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा हरपल खटिने डाक्टर र नर्समाथि आक्रमण गर्ने घटनाको विरोध जनाउँदै कानुनी कारबाही गर्न माग गरेका हुन् ।

    ‘नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात नभनी हरपल खटिरहेका छन्। समाजको अग्रपंक्तिमा उभिएर सेवाप्रदान गर्ने पेशा समुदायप्रति हुँदै आएको दुर्व्यवहार, अपहेलना र आक्रमणप्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्न जोसुकै होस्, कारबाहीको दायरामा ल्याइयोस् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ४ २०७७१२:३१:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend